यस खानीखोला गाउँपालिकाको आ.व. २०८०/०८१ को नीति अनुरूप ''कफीमा जसको उत्पादन उसैलाई अनुदान'' कार्यक्रम अन्तर्गत कृषक समूह तथा कृषि सहकारीमा आबद्ध कृषकहरुलाई गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूद्वारा अनुदान वितरण कार्यक्रम गर्दाको केही झलकहरू।
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारी सहयोगमा जागरण नेपालको आयोजनामा सञ्चालित गृहणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन बनाउने तालिम वडा नं ५ र ६ तथा अचार बनाउने तालिम वडा नं ४ मा गराएकोमा आज मिति २०८१/०३/१६ गतेका दिन खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द बहादुर थिङज्यूको प्रमुख आथित्यतामा र बिशिष्ठ अतिथी प्रमुख प्रशासकीय अधिकृत श्री जीवन गैरे लगायत प्रशासन प्रमुख श्री रामकृष्ण अर्याल, ५ नं वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तान, ४ नं वडा अध्यक्ष श्री निशान मोक्तान, ६ नं वडा अध्यक्ष श्री बृहस्पति