समाचार
आज मिति २०८१ साल बैशाख २७ गतेका दिन खानीखोला गाउँपालिका वडा नं. ४ को वडा कार्यालयमै ४ नं वडाको सामाजिक सुरक्षा भत्ता वितरण साथै जेष्ठ नागरिकहरुलाई गाउँपालिकाद्वारा छाता र लौरो वितरण साथसाथै मिटर बक्स वितरण कार्यक्रम सम्पन्न ।
आज मिति २०८१ साल बैशाख २७ गतेका दिन खानीखोला गाउँपालिका वडा नं. ४ को वडा कार्यालयमै सामाजिक विकास समितिका संयोजक श्री निशान मोक्तानज्युको अध्यक्षतामा र गाउँपालिका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्युको प्रमुख आतिथ्यतामा साथै प्रमुख प्रशासकीय अधिकृत श्री जिवन गैरेज्यु र इन्जिनियर श्री अनमोल आचार्यज्युको विशेष उपस्थितिमा ४ नं वडाको सामाजिक सुरक्षा भत्ता वितरण साथै जेष्ठ नागरिकहरुलाई गाउँपालिकाद्वारा छाता र लौरो वितरण साथसाथै मिटर बक्स वितरण कार्यक्रम सम्पन्न ।