समाचार
यस खानीखोला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको पदमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट सरूवा भई आउनु भएका श्री राम कुमार तिमल्सेनाज्यूको स्वागत तथा परिच्यात्मक कार्यक्रम सम्पन्न गरियो ।
"स्वागत तथा परिचयात्मक कार्यक्रम"
आज मिति २०८२ साल मंसिर ०४ गतेका दिन गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्युको अध्यक्षतामा तथा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष उपस्थितिमा र वडा अध्यक्षज्युहरु, कार्यपालिकाका सदस्यज्युहरु, विभिन्न शाखाका शाखा प्रमुखज्युहरु, कर्मचारीहरू, समाजसेवी, नागरिक समाज लगायतको उपस्थितिमा पालिकाको सभाहलमा यस खानीखोला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको पदमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट सरूवा भई आउनु भएका श्री राम कुमार तिमल्सेनाज्यूको स्वागत तथा परिच्यात्मक कार्यक्रम सम्पन्न गरियो ।








