समाचार
सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारी सहयोगमा जागरण नेपालको आयोजनामा सञ्चालित गृहणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन बनाउने तालिमको समापन कार्यक्रम
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारी सहयोगमा जागरण नेपालको आयोजनामा सञ्चालित गृहणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन बनाउने तालिम वडा नं ५ र ६ तथा अचार बनाउने तालिम वडा नं ४ मा गराएकोमा आज मिति २०८१/०३/१६ गतेका दिन खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द बहादुर थिङज्यूको प्रमुख आथित्यतामा र बिशिष्ठ अतिथी प्रमुख प्रशासकीय अधिकृत श्री जीवन गैरे लगायत प्रशासन प्रमुख श्री रामकृष्ण अर्याल, ५ नं वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तान, ४ नं वडा अध्यक्ष श्री निशान मोक्तान, ६ नं वडा अध्यक्ष श्री बृहस्पति घिसिङ, समाजसेवी श्री मिना पाख्रीनको उपस्तिथिमा जागरण नेपालका अध्यक्ष श्री लक्ष्मी पाख्रीनको अध्यक्षतामा कार्यक्रम समापन गर्दाको केही झलक ।