"खानीखोला गाउँपालिकाको सभाहलमा आज मिति २०८१ साल अषाढ १० गतेका दिन १५ औँ गाउँसभा तथा ८ औँ बजेट अधिवेशनको विशेष अवसरमा गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारीहरू, उत्कृष्ट राष्ट्रिय महिला स्वयंसेविकाहरू, उत्कृष्ट निर्माण कम्पनी र चौथो राष्ट्रिय वादोरियो खेल प्रतियोगिता,२०८० मा प्रथम भएकालाई दोसल्ला, सम्मान पत्र र नगद सहित सम्मान गर्दा कैद गरिएको तस्बिरहरू"
समाचार
दैनिकी गतिविधिहरू
"खानीखोला गाउँपालिकाको सभाहलमा आज मिति २०८१ साल अषाढ १० गतेका दिन १५ औँ गाउँसभा तथा ८ औँ बजेट अधिवेशनको विशेष अवसरमा गाउँपालिकाद्वारा शहिद परिवारहरूलाई सम्मान पत्र र नगद सहित सम्मान गर्दाको केही अविस्मरणिय कैद गरिएको तस्बिरहरू"
"खानीखोला गाउँपालिकाको सभाहलमा आज मिति २०८१ साल अषाढ १० गतेका दिन १५ औँ गाउँसभा तथा ८ औँ बजेट अधिवेशनमा आ•व• २०८१/०८२ को बार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिकरण तथा स्वीकृत सहित गाउँसभा समापनको केही झलक"
जागरण नेपालको आयोजनामा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारी सहयोगमा संचालित गृहणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत मिति २०८१ साल असार ०२ गते देखि सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन बनाउने तालिमका सभापती श्री लक्ष्मी पाख्रिन र प्रमुख अतिथि खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द बहादुर थिङज्यूद्वारा उद्घघाटन सत्र कार्यक्रम सम्पन्न साथै कार्यक्रमका बिशिष्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत श्री जीवन गैरे तथा समाजसेवी श्री मिना पाख्रिन, वडा नं ४ का वडा अध्यक्ष श्री निशान मोक्तान, वडा नं ५ का वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तान लगायत
खानिखोला गाउँपालिकाको नीति "एक घर, एक धारा" अन्तर्गत वडा नं २ फलामेटारमा बागमती प्रदेशको बिशेष अनुदान १ करोड रकममा ५८ लाखमा सृजना कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरी ५२ घर धुरीका लागि सम्पुर्ण काम सम्पन्न गरि हस्तान्तरणसंगै उद्घघाटन सत्र कार्यक्रमका सभापति वडा नं• २ का वडा अध्यक्ष श्री दशरथ लामा र गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू को प्रमुख आथित्यतामा साथै विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत श्री जिवन गैरे तथा समाजिक व्यक्तित्व श्री मीना पाख्रिन, वडा नं ४ का वडा अध्यक्ष श्री निशान मोक्तान, वडा नं ५ का वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तान, इन्जिनियर श्री अनमोल आचार्य, लेखापा
खानिखोला गाउँपालिका वडा न : ४ जगथलीमा रहेको श्री कुमारी मा•वि• विधालयमा अभिभावक अन्तरक्रियाका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू कक्षा १० को आवासिय सञ्चालन सम्बन्धमा छलफल भए संगै अन्तरक्रियात्मकमा वडा नं ४ का अध्यक्ष श्री निशान मोक्तान, बि .ब्य .स. का अध्यक्ष श्री बिजय कुमार लोप्चन, समाजिक ब्यक्त्तित्व श्री मिना तामाङ, प्र.अ श्री लाल बहादुर घिसिङबलगायत छलफलमा अभिभावकहरुको सहभागिता सम्पन्न ।
आज मिति २०८१ साल जेष्ठ २५ गतेका दिन पूर्वाधार विकास कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोक र खानीखोला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, साल्मेचाकल, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युको अध्यक्षता र बागमती प्रदेश सरकारको माननीय मुख्यमन्त्री श्री शलिकराम जम्कट्टेलज्यूको प्रमुख आथित्यतामा गाउँपालिकाको प्रशासकीय भवन र जनमुक्ती मार्ग (ताल्ढुंगा-सिक्रेदोभान खण्ड) को शिलान्यास तथा स्थानीय उत्पादन खरिद बिक्री केन्द्रको उद्धघाटन कार्यक्रम सुसम्पन्न |
“१७ औँ गणतन्त्र दिवस २०८१ को अवसरमा खानीखोला गाउँपालिकाको प्राङ्गणमा दिप प्रज्जवलन सहित गणतन्त्र दिवस भव्यताका साथ मनाउदै सुसम्पन्न गर्दाको झलक"
आज मिति २०८१/०२/१५ गतेका दिन यस खानीखोला गाउँपालिकाको राजस्व परामर्श समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्युको अध्यक्षतामा र गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युको प्रमुख आतिथ्यतामा तथा प्रमुख प्रशासकीय अधिकृत श्री जिवन गैरेज्यु तथा वडा अध्यक्षहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, समाजसेवी, पत्रकार आदीको उपस्थितिमा आन्तरिक राजस्व अभिवृद्धी सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम |
यस खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युको अध्यक्षतामा र गाउँपालिका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री जिवन गैरेज्यु तथा वडा अध्यक्षहरु श्री निशान मोक्तानज्यु, श्री बृहस्पति घिसिङज्यु र श्री राम बहादुर मुक्तानज्युको उपस्थितिमा विगत २ वर्ष देखि यसै गाउँपालिकामा वडा सचिव पदमा कार्यरत श्री यशोधा तिम्सेनालाई नमोबुद्ध नगरपालिकामा सरुवा भई जानु भएकोमा "फेरि भेटौला कार्यक्रम" गर्दाको केही झलकहरु |