आज मिति २०८२ साल चैत्र २५ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू सहित शिक्षा शाखाका कर्मचारी लगायत अन्य कर्मचारीहरू श्री कुमारी माध्यमिक विद्यालय, जगथलीको एसइइ परिक्षा केन्द्र र ४ नं वडा कार्यालय अनुगमन गर्दाको केही तस्विरहरू
समाचार
दैनिकी गतिविधिहरू
आज मिति २०८२ साल चैत्र २३ गतेका दिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यू सहित शिक्षा शाखाका कर्मचारीहरू श्री जनविकास माध्यमिक विद्यालय, ताल्ढुंगाको एसइइ परिक्षा केन्द्रमा अनुगमन गर्दाको केही तस्विरहरू
"कफीमा जसको उत्पादन, उसैलाई अनुदान''
कफीमा जसको उत्पादन, उसैलाई अनुदान कार्यक्रम अन्तर्गत निरन्तर आज मिति २०८२ साल चैत्र २७ गतेका दिन पनि वडा नं. ६ स्थित कुस्पा, मुर्थुम, देउराली, ढड्यान, सत्तभैया र कोदाखोरिया क्षेत्रहरूमा खानीखोला गाउँपालिकाको कृषि शाखा प्रमुख श्री विकास तामाङज्यूद्वारा कफीको तौल मापन कार्य सम्पन्न गरिएको छ |
"कफीमा जसको उत्पादन उसैलाई अनुदान”
यहि मिति २०८२ चैत्र २५ गते वडा नं. १ का सानुखोला, हात्तीडाँडा, घैयाखोरिया तथा वडा नं. २ को महादेवटारमा साथै मिति २०८२ साल चैत्र २६ गते फलामेटार तथा वडा नं. ३ र ४ मा "कफीमा जसको उत्पादन उसैलाई अनुदान” कार्यक्रम अन्तर्गत विभिन्न कृषकहरूद्वारा उत्पादित कफीको तौल संकलन कार्य गाउँपालिकाका कृषि शाखा प्रमुख श्री विकास तामाङज्यूद्वारा सक्रियताका साथ सफलतापूर्वक सम्पन्न गर्दाको केही झलक
आज मिति २०८२ साल चैत्र ८ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यूको विशेष उपस्थितिमा ''कफीमा जसको उत्पादन, उसैलाई अनुदान कार्यक्रम" अन्तर्गत वार्षिक प्रगति समिक्षा तथा अन्तरक्रियात्मक कार्यक्रम गर्दाको केही झलक
आज मिति २०८२/११/२६ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको संयोजकतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष उपस्थितिमा शाखा प्रमुखज्यू र गाउँपालिका मातहतका कर्मचारीहरूसँग कार्यालयको विविध विषयक समिक्षा कार्यक्रम गर्दाको केही झलक
आज मिति २०८२ साल माघ १४ गतेका दिन यस खानीखोला गाउँपालिकाको आर्थिक सहयोग र श्री जन विकास माध्यमिक विद्यालय, ताल्ढुङ्गाको आयोजनामा गाउँपालिका स्तरिय पाँचौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा सहभागी सम्पूर्ण विद्यालयहरू सहित प्रतियोगिता शानदार ढंगले सम्पन्न गर्ने आयोजक विद्यालय श्री जनविकास मा.वि. लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दै विभिन्न खेलमा विजेता हुनु भएकाहरूलाई पुरस्कार वितरण गरेर कार्यक्रम समापन गर्दाको झलक |
आज मिति २०८२ साल माघ १२ गतेका दिन यस खानीखोला गाउँपालिकाको आर्थिक सहयोग र श्री जन विकास माध्यमिक विद्यालय, ताल्ढुङ्गाको आयोजनामा गाउँपालिका स्तरिय पाँचौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र सामाजिक विकास समितिका संयोजक श्री निशान मोक्तानज्यूको विशिष्ट आतिथ्यतामा साथै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार तिमल्सेनाज्यूको विशेष उपस्थितिमा उद्धघाटन कार्यक्रम सम्पन्न गर्दाको झलक
" खानीखोला गाउँपालिकाको १८औँ गाउँसभा (हिउँदे अधिवेशन)"
आज मिति २०८२ साल पुष ३० गतेका दिन यस खानीखोला गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार तिमल्सेनाज्यूको विशेष उपस्थितिमा १८औँ गाउँसभा (हिउँदे अधिवेशन) कार्यक्रम सम्पन्न गर्दाको केही झलक