FAQs Complain Problems

दैनिकी गतिविधिहरू

“१७ औँ गणतन्त्र दिवस २०८१ को अवसरमा खानीखोला गाउँपालिकाको प्राङ्गणमा दिप प्रज्जवलन सहित गणतन्त्र दिवस भव्यताका साथ मनाउदै सुसम्पन्न गर्दाको झलक"

मिति: 05/29/2024 - 14:05
, , , , , , , , ,

आज मिति २०८१/०२/१५ गतेका दिन यस खानीखोला गाउँपालिकाको राजस्व परामर्श समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्युको अध्यक्षतामा र गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युको प्रमुख आतिथ्यतामा तथा प्रमुख प्रशासकीय अधिकृत श्री जिवन गैरेज्यु तथा वडा अध्यक्षहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, समाजसेवी, पत्रकार आदीको उपस्थितिमा आन्तरिक राजस्व अभिवृद्धी सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम |

मिति: 05/29/2024 - 14:02
, , , , , , , ,

यस खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युको अध्यक्षतामा र गाउँपालिका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री जिवन गैरेज्यु तथा वडा अध्यक्षहरु श्री निशान मोक्तानज्यु, श्री बृहस्पति घिसिङज्यु र श्री राम बहादुर मुक्तानज्युको उपस्थितिमा विगत २ वर्ष देखि यसै गाउँपालिकामा वडा सचिव पदमा कार्यरत श्री यशोधा तिम्सेनालाई नमोबुद्ध नगरपालिकामा सरुवा भई जानु भएकोमा "फेरि भेटौला कार्यक्रम" गर्दाको केही झलकहरु |

मिति: 05/28/2024 - 19:58
, , , , , , , , ,

यस खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युको अध्यक्षतामा र गाउँपालिका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री जिवन गैरेज्यु तथा वडा अध्यक्षहरु श्री निशान मोक्तानज्यु र श्री राम बहादुर मुक्तानज्युको उपस्थितिमा “हामी पनि सक्छौँ” भन्ने मूल उद्देश्य सहित यात्रीको यात्रा नाम दिएर मिति २०८१ जेष्ठ ६ गते (19 May 2024) बिहान ५:५७ बजे सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर अग्लो) सफल आरोहण गर्ने गाउँपालिकामा कार्यरत लेखापाल श्री बम बहादुर बि.क. को सम्मान कार्यक्रमको केही झलकहरु |

मिति: 05/28/2024 - 19:53
, , , , , , , , , , , , , , , , , ,

यस खानीखोला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विभिन्न विद्यालयका शिक्षक, शिक्षिकाहरूलाई तामाङ मातृ भाषा शिक्षण सम्बन्धी मिति २०८१/०२/०९ गते देखि २०८१/०२/१३ गते सम्म गाउँपालिकाको सभाहलमा सञ्चालित ५ दिने अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युद्वारा समापन गर्दाको केही तस्विरहरू |

मिति: 05/27/2024 - 19:01
, , , , , , , , ,

खानिखोला गाउँपालिकाको आयोजनामा विभिन्न विद्यालयका शिक्षक, शिक्षिकाहरूलाई तामाङ मातृ भाषा शिक्षण सम्बन्धी मिति २०८१/०२/०९ गते देखि सञ्चालित गाउँपालिकाको सभाहलमा ५ दिने अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यु र उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री जिवन गैरेज्यु तथा वडा अध्यक्षहरुको उपस्तिथिमा शुभारम्भ गर्दाको केही तस्विरहरू |

मिति: 05/23/2024 - 08:25
, , , , , , , ,

आज मिति २०८१ साल जेठ ०८ गतेका दिन खानीखोला गाउँपालिका वडा नं. ७ को वडा अध्यक्ष श्री रामु मोक्तानज्युको अध्यक्षतामा, गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युको प्रमुख आतिथ्यतामा र गाउँपालिका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्युको विशेष उपस्थितिमा ७ नं वडाको सामाजिक सुरक्षा भत्ता वितरण साथै जेष्ठ नागरिकहरुलाई गाउँपालिकाद्वारा छाता र लौरो वितरण गर्दाको केही झलकहरू ।

मिति: 05/21/2024 - 19:26
, , , , , , , , , ,

“मासिक प्रगति समिक्षा कार्यक्रम"
आज मिति २०८१ साल जेष्ठ ०७ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्युको उपाध्यक्षतामा साथै प्रमुख प्रशासकिय अधिकृत श्री जिवन गैरेज्यु, वडा अध्यक्षहरु श्री निशान मोक्तानज्यु र श्री बृहस्पति घिसिङज्युको उपस्थितिमा गाउँपालिकाको शाखागत मासिक प्रगति समिक्षाको क्रममा कैद गरिएका केहि तस्विरहरू ।

मिति: 05/20/2024 - 16:48
, , , , , , , , ,

मिति २०८१ साल जेठ ०१ गतेका दिन खानीखोला गाउँपालिका वडा नं. १ को वडा अध्यक्ष श्री सन्तमान थिङज्युको अध्यक्षतामा, गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युको प्रमुख आतिथ्यतामा र गाउँपालिका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्युको विशेष उपस्थितिमा १ नं वडाको सामाजिक सुरक्षा भत्ता वितरण साथै जेष्ठ नागरिकहरुलाई गाउँपालिकाद्वारा छाता र लौरो वितरण साथसाथै वडा नं १ का भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गाको निस्सा वितरण गर्दाको केही झलकहरू ।

मिति: 05/15/2024 - 07:49
, , , , , , , , , , , , , , , ,

Pages

//