FAQs Complain Problems

दैनिकी गतिविधिहरू

आज मिति २०८० साल फाल्गुण १८ गतेका दिन यस खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकज्यूहरूसँग बैठक बस्दाका केही झलकहरू ।

मिति: 03/01/2024 - 21:15
, , , ,

खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको समन्वयमा रक्षा नेपाल, काठमाडौँद्वारा आयोजित गाउँपालिकाका किशोरी समुहको लागि निशुल्क सिलाई कटाई तालिमको उद्घाटन समारोहमा उपस्थित गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू लगायत वडा अध्यक्ष, वडा सदस्य, समाजसेवी तथा अन्य |

मिति: 02/26/2024 - 19:08
, , ,

आज मिति २०८० साल फाल्गुण ११ गतेका दिन श्री जन विकास मा वि को प्राङ्गणमा सामाजिक बिकास समितिका संयोजक श्री निशान मोक्तानज्यूको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङज्यु को प्रमुख आतिथ्यतामा "अतिरिक्त  कृयाकलापको संचालन, बाल प्रतिभाको प्रस्फुटन" भन्ने मुल नाराको साथ शिक्षा युवा तथा खेलकुद शाखा खानिखोला गाउँपालिका द्वारा आयोजित पालिका स्तरिय खुल्ला नृत्य प्रतियोगिता क्रार्यक्रम भब्य रुपमा सम्पन्न । सहाभागी सम्पूर्ण विद्यालयहरु तथा पहिलो, दोश्रो, तेश्रो र चौथो स्थान प्राप्त गर्नु हुने विद्यालयलाई हार्दिक बधाई तथा धन्यवाद ।

मिति: 02/26/2024 - 19:06
, , , , , ,

आज मिति २०८० साल फाल्गुण ११ गतेका दिन यस खानीखोला गाउँपालिकाका अध्यक्ष तथा तथ्याङ्क संकलन तथा सहजकिरण समितिका संयोजक श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा र वडा नं. ४ का वडा अध्यक्ष श्री निशान मोक्तानज्यु लगायत अन्य समाजसेवीहरुको उपस्थितिमा यसै गाउँपालिका अन्तर्गत वडा नं. ४ को भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गाको निस्सा वितरण कार्य सम्पन्न भएको छ ।

मिति: 02/26/2024 - 19:02
, , , , , ,

यसै खानीखोला गाउँपालिका अन्तर्गत वडा नं ३ धनमनामा मोटरबाटोको ट्र्याक खोल्ने काम सम्पन्न भएपछी स्थानियहरुवाट आयोजना गरिएको धन्यबाद ज्ञापन कार्यक्रममा मन्तब्य राख्नुहुदै गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादुर थिङ साथमा उपाध्यक्ष श्री दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत श्री धनेन्द्र भुजेल, ३ नं वडा अध्यक्ष श्री सागर लामा, ५ नं. वडा अध्यक्ष श्री बुद्धि ब. स्याङतान, इन्जिनियर द्वय श्री जीवन राज अर्याल र श्री अनमोल आचार्य साथै अन्य जनप्रतिनिधिहरु, समाजसेवी र स्थानिय जनसमुदाय।

मिति: 02/20/2024 - 22:58
, , , , , , , , , ,

आज मिति २०८० साल माघ २४ गतेका दिन यस खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा, गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यु र वडा अध्यक्षहरु श्री सन्तमान थिङज्यु, श्री दशरथ लामाज्यु, श्री बुद्धि बहादुर स्याङ्तानज्यु लगायत समाजसेवीहरु, निर्माण व्यवसायहरू तथा निर्माण दाताहरुको उपस्थितिमा यसै गाउँपालिका अन्तर्गत वडा नं• २ को फलामेटार स्वास्थ चौकी भबन उद्घाटन गर्दाको केही झलकहरू ।

मिति: 02/07/2024 - 20:03
, , , , , , , , , , ,

आज मिति २०८० साल माघ २४ गतेका दिन यस खानीखोला गाउँपालिकाका अध्यक्ष तथा तथ्याङ्क संकलन तथा सहजकिरण समितिका संयोजक श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा, गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यु र वडा नं. ७ का वडा अध्यक्ष श्री राम बहादुर मुक्तानज्यु लगायत अन्य समाजसवीहरुको उपस्थितिमा यसै गाउँपालिका अन्तर्गत वडा नं. ७ को भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गाको निस्सा वितरण कार्य सम्पन्न भएको छ ।

मिति: 02/07/2024 - 14:05
, , , , , , , , , , , , , , , , , ,

आज मिति २०८० साल माघ १९ गतेका दिन यस खानीखोला गाउँपालिका, गाउँ कार्यपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष तथा तथ्याङ्क संकलन तथा सहजकिरण समितिका संयोजक श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा र वडा नं. ५ र ६ का वडा अध्यक्षज्यूहरूको उपस्थितिमा यसै गाउँपालिका अन्तर्गत वडा नं. ५ र ६ को भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गाको निस्सा वितरण कार्य सम्पन्न भएको छ ।

मिति: 02/05/2024 - 11:32
, , , , , , , , , , ,

“अतिरिक्त क्रियाकलापको संचालन, बाल प्रतिभाको प्रष्फुटन” भन्ने नाराका साथ आज मिति २०८० साल माघ १९ गते यस खानीखोला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभूत तह (कक्षा १-८) “सम्भावना यहीँ छ” भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा सहभागी यसै गाउँपालिकाको विभिन्न दस विद्यालयहरू मध्ये तपसिल बमोजिमको नतिजा हासिल भएको छ ।

तपसिल:

मिति: 02/05/2024 - 11:20
, , , , , , , , , , , , , , , ,

Pages