कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकको आयोजना र खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको समन्वयमा यस गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत श्री होमनाथ दाहालज्यूको विशेष उपस्तिथिमा वडा नं. २, फलामेटार स्थित समुदायमा आधारीत एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम संचालन गर्दाको केही झलकहरू ।
समाचार
दैनिकी गतिविधिहरू
आज मिति २०८१ साल असोज ०९ गतेका दिन गाउँपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत श्री होमनाथ दाहालज्यू साथै शाखा प्रमुख लगायतका कर्मचारीहरु सहित बसिएको कर्मचारीहरूको बैठकको केही झलक |
आज मिति २०८१ साल असोज ०९ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युको अध्यक्षतामा वडा अध्यक्षज्युहरु, कार्यपालिकाका सदस्यज्युहरु, शाखा प्रमुखज्युहरु, कर्मचारीज्यूहरु लगायतको उपस्थितिमा पालिकाको सभाहलमा यस खानीखोला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको पदमा सरूवा भई आउनु भएका श्री होमनाथ दाहालज्यूको स्वागत तथा परिच्यात्मक कार्यक्रम सम्पन्न गरियो ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा शुभकामन आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गर्दाको केही झलक
मिति २०८१ साल भाद्र १५ गतेका दिन खानीखोला गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आथित्यतामा सञ्चालित तीज विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा ५ नं वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तान साथै समाजसेवीहरू, गाउँपालिका र सहकारीका कर्मचारीहरू तथा लोकदोहोरी कलाकारहरु लगायत स्थानीय महिला आमा, दिदीबहिनीहरूको उपस्थितिमा तीज विशेष कार्यक्रम भव्य र सव्यताका साथ श्री जन विकास माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न हुँदाको केही झलकहरू |
दिगो र गुणस्तर युक्त संरचना हाम्रो पहिचान, सुरक्षित पानी सफा र स्वच्छ गाउँ हाम्रो अभियान! भन्ने मुल नारा, एक घर एक धारा- खानीखोला गाउँपालिका र नेवा संस्थाको साझेदारीमा खानीखोला गाउँपालिका वडा नम्बर ३ र ४ मा गरी जम्मा १७८ वटा खानेपानीको धारा आज मिति २०८१ साल भाद्र ०९ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आथित्यतामा उद्घाटन समारोह गर्दाको केही झलक
आज मिति २०८१ साल भाद्र ०१ गतेका दिन यस खानीखोला गाउँपालिका वडा नं. ५ तालढुङ्गामा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागमती प्रदेश, सिन्धुली तथा खानीखोला गाउँपालिकाको आर्थिक साझेदारी र स्थानीय जनश्रमदानमा निर्माण खानेपानी आयोजनाको सम्पन्न गैरिखोला तालढुङ्गा खानेपानी आयोजनाको उद्घाटन गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूबाट गर्दाको केही झलकहरू |
विगत केहि दिनको अविरल वर्षाका कारण पनौती-खोपासी-कामीडाँडा-ताल्ढुंगा सडक अन्तर्गत कामीडाँडा-ताल्ढुंगा सडक खण्डको विभिन्न ठाउँमा गएको पहिरोले बाटो अवरोध भएपछि सम्बन्धित निकायहरूसँग पहिरो पन्छाउने विषयमा छलफल पश्चात बाटो खुलाउने क्रममा पहिरोको अवलोकन गर्नु हुँदै गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङ सहित प्राविधिक कर्मचारी लगायत समाजसेवी |
यस खानीखोला गाउँपालिकाको आ.व. २०८०/०८१ को नीति अनुरूप ''कफीमा जसको उत्पादन उसैलाई अनुदान'' कार्यक्रम अन्तर्गत कृषक समूह तथा कृषि सहकारीमा आबद्ध कृषकहरुलाई गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूद्वारा अनुदान वितरण कार्यक्रम गर्दाको केही झलकहरू।