आज मिति २०८१ साल बैशाख १२ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङ, उपाध्यक्ष श्री दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत श्री जिबन गैरे, शाखा प्रमुख लगायतका कर्मचारीहरु सहित बसिएको कर्मचारीहरूको बैठकको केही झलक |
समाचार
दैनिकी गतिविधिहरू
"स्वागत तथा परिचयात्मक कार्यक्रम"
"फेरि भेटौला कार्यक्रम"
मिति २०८१ साल बैशाख ०३ गतेका दिन गाउँपालिकाको कार्यालयमा यस खानीखोला गाउँपालिकामा बिगत ११ महिना देखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहनु भई अन्त कार्यालयमा सरुवा भई जान लाग्नु भएका श्री धनेन्द्र भुजेलज्यू लाई फेरि भेटौला भन्ने बाचा सहित बिदाई कार्यक्रम सम्पन्न गर्दाको कही झलकहरु ।
साथै सम्पुर्ण गाउँपालिकाको तर्फबाट उहाँको आगामी कार्यकाल तथा भावी जीवनको उत्तरोत्तर प्रगतिको शुभकामना ।
खानीखोला गाउँपालिका वडा नं १ को आयोजनामा कोठे दयागाउँ बृहत् खानेपानी "एक घर एक धारा" कार्यक्रमको प्रमुख अतिथि पुर्व उर्जा राज्य मन्त्री माननीय सुर्यमान दोङज्यू र विशिष्ट अतिथि खानिखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू र गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू साथै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी सबैको उपस्थितिमा शिलान्यास सम्पन्न भएको छ।
मिति २०८० चैत्र १२ गतेका दिन यस खानीखोला गाउँपालिका अन्तर्गत वडा नं ४ स्थित २ वटा विधालय भवन (श्री वीर आ.वि. र श्री ज्ञानज्योति आ.वि.) र एक सामुदायिक भवन बागमती प्रदेश सामाजिक विकास मन्त्री माननीय श्री कुमारी मोक्तानज्युको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युको विशेष आतिथ्यतामा साथै वडा अध्यक्षहरू श्री निशान मोक्तानज्यु, श्री बुद्धि बहादुर स्याङ्ताङज्यु ,कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, अभिभावक, विद्यार्थी, समाजसेवी, शिक्षक, राजनीति दलका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी सबैको उपस्थितिमा भवन उदघाटन कार्यक्रम सम्पन्नको केही झलकहरू ।
आज मिति २०८० साल चैत्र ०३ गतेका दिन खानेपानी, ऊर्जा तथा सिंचाई, बागमती प्रदेश पूर्व मन्त्री माननीय तीर्थ लामाज्युको प्रमुख आतिथ्यतामा यस खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू, रोशी गाउँपालिकाका अध्यक्ष श्री दिनेश लामाज्यू र खानीखोला गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यूको विशिष्ट आतिथ्यतामा र वडा अध्यक्षहरुज्यूहरू लगायत समाजसेवीहरु, निर्माण व्यवसायहरू तथा निर्माण दाताहरुको उपस्थितिमा यसै गाउँपालिका अन्तर्गत वडा नं• ६ को नव निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्दाको केही झलकहरू ।
आज मिति २०८० साल चैत्र ०१ गतेको दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा गाउँपालिका अन्तरगत हुन गइरहेको वास सर्वे (NWASH) को लागि भएको अभिमुखिकरण कार्यक्रमको केही झलक |
आज मिति २०८०/११/२५ गतेका दिन खानीखोला गाउँपालिका, महिला तथा बालबालिका शाखाद्वारा "महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी" भन्ने नाराका साथ ११४ औँ अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा आयोजित अन्तरक्रिया तथा शुभकामना आदन-प्रदान कार्यक्रमको केही झलकहरू
आज मिति २०८० साल फाल्गुण १८ गतेका दिन यस खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकज्यूहरूसँग बैठक बस्दाका केही झलकहरू ।
खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको समन्वयमा रक्षा नेपाल, काठमाडौँद्वारा आयोजित गाउँपालिकाका किशोरी समुहको लागि निशुल्क सिलाई कटाई तालिमको उद्घाटन समारोहमा उपस्थित गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू लगायत वडा अध्यक्ष, वडा सदस्य, समाजसेवी तथा अन्य |